मंगलबार, कार्तिक २४ २०८३

मंगलबार, कार्तिक २४ २०८३

एमाले संसदीय दलको बैठक बस्दै

शनिबार, माघ २० २०८०

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलको बैठक आजबाट शुरु हुँदैछ।

आज र भोलि दुई दिन चल्ने बैठक नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा मध्याह्न १२ बजे शुरु हुने सचेतक महेश बर्तौलाले जानकारी दिए।

बैठकमा आगामी संसद्‌मा खेल्ने भूमिकाबारे छलफल हुने उनले बताए।

‘सदनमा सांसदले कस्तो भूमिका निर्वाह गर्ने भन्नेलगायत विषयमा छलफल गर्न बैठक राखिएको हो’, उनले भने।

बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक र समसामयिक विषयमा पनि छलफल हुनेछ।

संसद्को हिउँदे अधिवेशन यही माघ २२ गते अपराह्न ४ बजेका लागि आह्वान भएको छ।