बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रचण्ड र ओलीबीच भेटवार्ता, टीआरसी विधेयक छिट्टै टुंग्याउनेबारे कुराकानी

शुक्रबार, माघ १९ २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेट वार्ता भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको हो ।

सोमबारदेखि सुरु हुने हिउँदे अधिवेशनको विषयमा छलफल भएकाे जनाइएको छ ।

सिंहदरबारबाट बाहिरिँदै एमाले अध्यक्षा ओलीले प्रधानमन्त्रीसँग समसामयिक विषयमा छलफल भएको जानकारी दिए । उनका अनुसार शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने, टीआरसी विधेयकलाई राम्ररी मिलाएर छिट्टै टुंग्याउनेबारे कुराकानी भएको छ ।

यसैगरी प्रधानमन्त्री प्रचण्डसँग आजै सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि भेटवार्ता गर्दैछन् ।

यी भेट आगामी बजेट अधिवेशनसँग सम्बन्धित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ २२ गते अपराह्न ४ बजे संसदको हिउँदे अधिवेशन पनि भनिने बजेट अधिवेशन आह्वान गरेका छन् ।