बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

रास्वपा संसदीय दलको बैठक बस्दै

शुक्रबार, माघ १९ २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बस्दै छ । बैठक शुक्रबार बिहान ११ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने छ ।

पार्टी उपसभापति डोलप्रसाद अर्यालका अनुसार संसदको हिउँदे अधिवेशन बारे छलफल गर्नको लागि संसदीय दलको बैठक बोलाइएको हो ।

यसैबीच रास्वपाले माघ २१ गतेबाट अलपत्र योजनामा दबाब यात्रा गर्ने पनि तयारी गरिरहेको छ । यस विषयमा पनि संसदीय बैठकमा छलफल हुने छ । संसदको हिउँदे अधिवेशन माघ २२ गतेका लागि आह्वान भएको छ ।