बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

आईसीसी यू–१९ विश्वकप : टस जितेर पहिला ब्याटिङ गर्दै नेपाल

बुधबार, माघ १७ २०८०

काठमाडौं । नेपालले दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप २०२४ मा बंगलादेशसँग टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ ।

माङ्गाउङ्ग ओभलमा नेपालका कप्तान देव खनालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।
पछिल्लो खेलमा टेष्ट राष्ट्र अफगानिस्तानलाई पराजित गरेको नेपालको मनोबल उच्च छ ।

उता बंगलादेश पनि सुपर सिक्सको पहिलो खेलमा जित हासिल गर्दै सेमिफाइनलमा पुग्ने सम्भावना कायमै राख्न चाहन्छ ।

समूह चरणमा खेलेका तीन खेलमध्ये नेपाल न्युजिल्यान्ड र पाकिस्तानसँग पराजित भएको थियो । तर, अफगानिस्तानलाई हराउँदै नेपालले सुपर सिक्सको यात्रा तय गरेको थियो ।

यसअघि नेपाल र बंगलादेशको भेट दुई पटक भएको थियो । जसमध्ये एकमा नेपाल र अर्कोमा बंगलादेश विजयी भएको थियो ।

नेपालको भने सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ । सुपर सिक्सको पहिलो दिन भारत र पाकिस्तान दुवै विजयी भएसँगै नेपाल बाहिरिएको हो ।

भारत र पाकिस्तानको सुपर सिक्समा समान एक खेलअगावै ६–६ अंक भएको छ । नेपालले अब बाँकी दुवै खेल जित्दा पनि ४ अंक मात्रै हुन्छ ।