काठमाडौं । नेपालले दक्षिण अफ्रिकामा जारी आइसीसी यू–१९ विश्वकपको सुपर सिक्समा पहिलो खेल माघ १७ गते बुधबार बंगलादेशसँग खेल्ने भएको छ ।
समूह ए को अन्तिम खेलमा भारतले अमेरिकालाई २०१ रनले हराउँदै समूह विजेता बनेको छ । योसँगै नेपालको तालिका पनि पक्का भएको हो ।
दोस्रो खेल नेपालले माघ १९ शुक्रबार(फेब्रुअरी २) मा भारतसँग खेल्ने पक्का भएको हो । नेपाल समूह डी बाट तेस्रो स्थानमा रहेर सुपर सिक्स खेलेको हो । पाकिस्तान समुह विजेता र न्युजिल्यान्ड उपविजेता बनेको थियो ।
नेपाल समूह चरणमा न्युजिल्यान्डसँग ६४ रन र पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । अन्तिम खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा पुगेको हो ।