सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

पार्टीको नाम नै फेर्न माओवादीको बैठकमा जनार्दनकाे प्रस्ताव

आइतबार, पुष २९ २०८०

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आगामी फागुनको पहिलो साता विधान सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ ।

पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा शनिबार बसेको सत्ताको नेतृत्वकर्ता दल माओवादी केन्द्रको स्थायी समिति बैठकले विधान सम्मेलन फागुन १ देखि ३ गतेसम्म गर्नेसहितका निर्णय गरेको जानकारी प्रवक्ता अग्नीप्रसाद सापकोटाले दिए ।

माओवादी केन्द्रको स्थायी समिति बैठकमा पेश भएको विधान मस्यौदामाथि पूरक प्रस्ताव पनि दर्ज गराइएको छ ।

स्थायी कमिटी बैठकमा विधान मस्यौदा समितिले तयार गरेको मस्यौदा पेश भएकामा त्यसमाथि थप प्रस्ताव पनि पेश भएको हो । नेता जनार्दन शर्माले पूरक प्रस्ताव पेश गर्दै पार्टीको नाम नै फेर्नुपर्ने उल्लेख गरेका छन् ।

पूरक प्रस्तावमा पार्टीको नाम फेरेर ‘नेकपा समाजवादी’ हुनुपर्ने प्रस्ताव गरिएको छ । यसैगरी संगठन परम्परागत नभई आजको समस्याहरुको सम्बोधन गर्दै जनतासंग जोडिने हुनपर्ने माग गरिएको छ ।

यस्तै केन्द्रीय समितिको बहुपदीय संरचना राख्दा एउटा पद दुई वटा भन्दा बढी नहुने र सोही बहुदीय संरचना भएको विभिन्न पदहरुको आ–आफ्नो स्पष्ट जिम्मेवारी तोकिएको हुनु पर्ने पूरक प्रस्तावमा उल्लेख गरिएको छ ।

माओवादी केन्द्रले आगामी फागुनको पहिलो साता विधान सम्मेलन गर्न प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा एकता संयोजन समिति गठन गर्नेसहितका निर्णय गरेको छ ।