सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

राष्ट्रिय सभाको सिट बाँडफाँट : मध्यरातसम्म नलागेको टुंगो लगाउन आज फेरि सत्ता गठबन्धन जुट्दै

आइतबार, पुष २२ २०८०

काठमाडौं । मध्यरातसम्म बैठक बस्दा पनि सत्ता गठबन्धनबीच राष्ट्रिय सभाको सिट बाँडफाँटमा सहमति जुट्न सकेन ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार अबेर राति सम्पन्न सत्ता गठबन्धनको बैठकले कुन दललाई कति सिट भन्ने बारे निष्कर्षमा पुग्न नसकेको हो ।

बैठकमा सहभागी कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बैठक सकारात्मक भएको र आज बिहान बस्ने अर्को बैठकले सबै कुरा टुङ्गो लगाउने बताएका थिए ।

शनिबारको बैठकमा धेरै कुरा मिलिसकेको र आइतबार टुंगो लगाएर पर्सि मनोनयन दर्ता हुने उनले बताए ।

यसअघि नेकपा एसका नेताहरू कुरा नमिलेको भन्दै हिँडेका थिए । त्यसअघि सीके राउत, महन्थ ठाकुर र चित्रबहादुर केसी ४ घण्टा गठबन्धन बैठकमा सहभागी भएका थिए ।

अहिलेको परिस्थितिमा राप्रपासँग चुनावम गठबन्धन हुने संभावना नरहेको उनले बताए ।

राष्ट्रिय सभाका १९ सिटका लागि हुने निर्वाचनमा नेपाली कांग्रेसले १० माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जनता समाजवादीले एक सिट लिने मोटामोटी सहमति जुटेको बताइएको छ ।

राष्ट्रिय सभाको मतदान ११ माघमा हुँदैछ । त्यसका लागि सोमबार मनोनयन दर्ता हुँदैछ । आज मतदाताको अन्तिम नामावली प्रकाशन हुँदैछ ।