शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेपाल एसबिआई बैंकको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

शेयरधनीलाई चुक्ता पुँजीमा १० दशमलव ५५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित

शनिबार, पुष १४ २०८०

काठमाडौं – नेपाल एसबिआई बैंकको बार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकले यही पुस १३ गते शुक्रबार आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौँमा बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

सभाले बैंकको आ.व. २०७९÷८० को संचालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको आ.व.२०७९÷८० वार्षिक आर्थिक विवरण (असार मसान्त २०८० को वासलात, आ.व. २०७९÷८० को नाफानोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको बैंकले जानकारी दिएको छ । सभाले बैंकको सहायक कम्पनी “नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि.” को आ.व. २०७९÷८० को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ ।

सभाले बैंकका शेयरधनीहरुलाई तीन दशमलव ७५ प्रतिशत बोनश शेयर र छ दशमलव ८० प्रतिशत नगद लाभांश (बोनश शेयर तथा नगद लाभांशमा लाग्ने कर सहित ) गरी चुक्ता पुँजीमा जम्मा १० दशमलव ५५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । सभाले आ.व. २०८०÷८१ मा बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स पिकेएफ टि.आर उपाध्या एण्ड कं., चार्टर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गरेको छ । साथै, उक्त सभाले बैंकको प्रबन्धपत्रको विभिन्न दफामा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

सभाले बैंकको तर्फबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने÷गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्ने लगायत बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने÷गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने÷गराउने सम्बन्धमा आवश्यक कामहरु गर्न÷गराउन सक्ने अख्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।