सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले इन्ष्टिच्युट फर चाइलद हेल्थको लागि आर्थिक सहयोग प्रदान गरेको छ । विभिन्न किसिमका बालरोगको उपचार गर्ने उद्देश्यले सो एनजीओ निर्माण भएको हो । सो सहयोग रकम एनजीओले कार्डियोलोजी, ओन्कोलोजी, न्यूरोलोजी, अत्याधुनिक डायग्नोस्टिक सुविधाहरू र विभिन्न अन्य विशेष विभागहरू, सबै एउटै छानामुनि चिकित्सा सेवा प्रदान गर्ने लक्ष्य राखेको छ । अस्पतालको उद्ेश्य चिकित्सा सेवाहरूको लागि न्यूनतम शुुल्क लिने, गरिब र सीमान्तकृत बालबालिकालाई स्वास्थ्य सेवा प्रदान गर्ने छ ।
एक समारोहका बीच बैंकले एक लाख ५१ हजार रुपैंयाँ बराबरको चेक डाक्टर भगवान कोइरालालाई हस्तान्तरण गरेको हो । बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्दै आएको र आगामी दिनमा पनि गर्ने छ ।
बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५१ वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ८६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।