शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

आफ्नै जन्मभुमिमा प्रभु बैंकका सिइओ अशोक शेरचन सम्मानित

बुधबार, पुष ११ २०८०

काठमाडौं – बैंकिङ क्षेत्रमा अमुल्य योगदान पुर्‍याउदै आएका प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचनलाई आफ्नै जन्मभुमि बागलुङमा सम्मानित गरिएको छ । बैंकिङ क्षेत्रबाट देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान दिएकोमा सिइओ शेरचनलाई बुधबार सातौं बागलुङ महोत्सवमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सम्मानित गरिएको हो ।

बागलुङ नगरपालिका – ३ राधाकृष्ण टोलका जन्मेका एक सामान्य व्यक्तिले प्रभु बैंकलाई अगाडि बढाउँदै, बैंकिङ क्षेत्रमा र देशको आर्थिक विकासमा सकारात्मक योगदान दिएकोमा सिइओ शेरचनलाई राष्ट्रपति पौडेलले सम्मानपत्र प्रदान गर्दै धन्यवाद समेत दिएका छन् ।

शेरचनले नेतृत्व गरेको समयमा, प्रभु बैंकले सेवाग्राहीहरूलाई सहज सेवा प्रदान गरी जनविश्वास बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकोले केही समयअघि प्रभु बैंकले ‘बैंक अफ दि इयर’ २०२३ शीर्षक अवार्ड पनि प्राप्त गरेको थियो। लन्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गरिएको पत्रिका ‘दि बैंकर’ले सन् २०२३ को ‘बैंक अफ दि इयर’ बाट प्रभु बैंकलाई सम्मानित गरेको थियो।

त्यस्तै अवार्ड वितरण समारोहपछि सिइओ शेरचनले प्रभु बैंकका सञ्चालक तथा कर्मचारीहरुको मेहनत, सेयरधनी, सेवाग्राही तथा शुभचिन्तकको साथले सम्मान प्राप्त गर्न सफल भएको बताएका छन् । ‘‘यो सुखद सन्देशन हाम्रो संस्था, सेयरधनी, कर्मचारी, सेवाग्राही तथा शुभचिन्तकका लागि मात्रै हैन, नेपालको बैंकिङ क्षेत्रकै सफलताको ठानेको छु । आगामी दिनमा नेपाली बैंकिङ क्षेत्रमा यस्तो सफलता थप प्राप्त हुदै जानेछन् भन्ने विश्वास समेत छ’’ सिइओ शेरचनले भनेका छन् । बैंकको सेवा थप प्रभावकारी बनाउने प्रतिबद्धता समेत जनाएका छन् ।