सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

सरकारले दोहोरो चित्रहरु देखायो तर, यो चल्दैन : विप्लव

बुधबार, पुष ११ २०८०

काठमाडौँ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको समाजवादी मोर्चाको बैठक सकिएको छ ।

समसामयिक विषयमा निर्णयहरू गर्न बैठक पुनः बुधवार साँझ बस्ने गरी आज बिहानको बैठक सकिएको नेकपाका महासचिव नेत्रविक्रम चन्दले जानकारी दिए ।

बैठकमा प्रचण्ड नेतृत्वको सरकारको एक वर्षको सामान्य समीक्षाका साथै नेकपाका नेता नेत्रविक्रम चन्द विप्लवसहितका नेताविरुद्ध जारी पक्राउ पुर्जीबारे समेत छलफल भएको थियो ।

‘सरकारका कामहरूको बारेमा छलफल सुरु भएको छ’, विप्लवले भने, पक्राउ पुर्जीबारे पनि छलफल सुरु भएको छ । सरकार सहमति पनि गर्ने घेराबन्दी पनि गर्ने चित्रहरू देखिएका छन् तर यो चल्दैन ।’

विप्लवले फेरि आजै साँझ ६ बजे मोर्चाको अर्को बैठक बस्ने र सो बैठकले यो विषयमा थप छलफल गर्ने बताए ।