शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

गरिमा बिकास बैंकद्धारा १० प्रतिशत लाभाँश घोषणा

शुक्रबार, पुष ६ २०८०

गरिमा बिकास बैंक लिमिटेडले १० प्रतिशत लाभाँश वितरण गर्नै घोषणा गरेको छ । बैंक सञ्चालक समितीको यही पुस चार गते बुधबार बसेको दुई सय ९७ औं बैठकले आर्थिक वर्ष २०७९/८० को सञ्चित मुनाफा तथा शेयर प्रिमियमबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको नौं दशमलव ५० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि शुन्य दशमलव ५० प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रश्ताव गर्ने निर्णय गरेको हो । प्रश्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भई विकास बैंकको आगामी वार्षिक साधारण–सभाबाट पारित भएपश्चात शेयरधनीहरुलाई वितरण गरिने बैंकको भनाई छ ।

बैंकको चुक्ता पुँजी हाल पाँच अर्ब १८ करोड ७६ लाख ८७ हजार ५७ रुपैंया १४ पैसा मात्र रहेकोमा प्रश्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण–सभाबाट पारित भएपश्चात चुक्ता पुँजी पाँच अर्ब ६८ करोड ५ लाख १७ हजार तस्न सय २७ रुपैंया ५७ पैसा पुग्नेछ ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको बैंकले हाल देशभर एक सय २३ वटा शाखा कार्यालय र ५१ वटा एटिएम मार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ ।