काठमाडौं- एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा सरिता गौत्तम नियुक्त भएकी छन् । संस्थाको आईतबार साँझ बसेकोे सञ्चालक समितिको बैठकले संस्थामा रिक्त रहेको संस्थाको स्वतन्त्र सञ्चालक पदमा नागार्जुन–०२, काठमाडौँ निवासी गौतमलाई नियुक्त गरेको हो ।
नवनियुक्त स्वतन्त्र सञ्चालक गौतमले सोही दिन प्रचलित कानून तथा नियमानुसार संस्थाका अध्यक्ष सन्तोष कुमार राठी समक्ष शपथ ग्रहण गरी पद बहाल गरेकी छन् । करिब १० वर्षको विभिन्न क्षेत्रहरुमा कार्याअनुभव रहेको गौतम नेपाल धितोपत्र बोर्डको विभिन्न विभागमा अधिकृत तहमा समेत कार्यरत रहेकी थिईन । संस्थाका प्रमुख कार्यकारी अधिकृत, लक्ष्मण चालिसेले उच्चतम अनुभव प्राप्त व्यक्तिलाई १९५ औँ सञ्चालक समितिको बैठकले संस्थाको स्वतन्त्र सञ्चालकमा नियुक्त गरेकोमा खुशी प्रकट गर्दै स्वागत गरेका थिए ।
साथै, नवनियुक्त स्वतन्त्र सञ्चालकको कार्य अनुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थाहरु माझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रुपमा स्थापित गराउन अभैm थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको समेत जनाए ।