शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकको १५ औं बार्षिक साधारण सभा सम्पन्न

शुक्रबार, मंसिर २९ २०८०

काठमाडौं- शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकले १५ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंकले यसै साता अर्थात यही मंसिर २३ गते वुटवलको ड्रिमल्याण्ड गोल्ड रिर्सोटमा बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

बैंक सञ्चालक समितीका अध्यक्ष थानेश्वर पौडैलको सभापतित्वमा सम्पन्न भएको बार्षिक साधारण सभामा बैंकको गत आर्थिक बर्षको वित्तीय विवरण पारित गर्नुका अतिरिक्त चालु आर्थिक बर्षका बैंकको योजनाहरुको बारेमा छलफल भयो । बार्षिक साधारणसभा मार्फत बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बैंकको दिर्घकालीन रणनीतिका  बारेमा जानकारी दिए । हाल चुक्ता पुँजी चार अर्ब २८ करोड ३८ लाख रुपैंयाँ रहेको बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा १९ करोड १६ लाख रुपैंयाँ खुद मुनाफा कमाएको छ ।

यस अवधिमा वितरणयोग्य नाफा ४४ करोड २९ लाख रुपैंयाँ रहेको बैंकको प्रतिशेयर आम्दानी १७ रुपैंयाँ ९० पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ एक सय ४८ रुपैंयाँ १४ पैसा रहेको छ ।

बैंकले चालु आवको पहिलो त्रैमासमा ५८ अर्ब ५९ करोड १५ लाख रुपैंयाँ निक्षेप संकलन गरी ४७ अर्ब ७८ करोड ७५ लाख रुपैंयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ५१ करोड १३ लाख रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा दुई दशमलव ५९ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।