शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

निजि विद्यालयहरुको संस्था प्याव्सनमा एनआईएमबीको डिजिटल बैंकिङ्ग सेवा

बिहिबार, मंसिर २८ २०८०

काठमाडौं- नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) ले निजि तथा आवसिय विद्यालयहरुको संस्था (प्याव्सन) मा डिजिटल बैंकिङ्ग सेवाको शुरुवात गरेको छ । काठमांडौंमा हुन लागेको दोस्रो अन्तराष्ट्रिय शिक्षा सम्मेलनको अवसर पारेर सेवाको सुरुवात गरिएको साथै शो कार्यक्रमको लागि दर्ता तथा अन्य भुक्तनी डिजिटल माध्यमबाट गर्न सकिने व्यवस्था मिलाइएको बैंकले जनाएको छ ।

यो व्यवस्था पछि भुक्तानी गर्दा नगद कारोबारमा कमी भइ विभिन्न विद्यालयका शिक्षक तथा प्रधानध्यापकहरुलाई नगद तिर्नुपर्ने झन्झटको अन्त्य भएकोे छ । साथै डिजिटल प्रणालीवाट शुल्क संकलन गर्दा समयको वचत र पारदर्शी कारोबार हुनुका साथै नगद रहित कारोबारमा टेवा पुग्ने विश्वास बैंकले गरेको छ । मङ्सिर २०८० मा हुन गैरहेको उक्त कार्यक्रममा विभिन्न शिक्षा सम्बन्धी व्यक्तित्वहरुको साथमा राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुको सहभागित रहने छ ।