बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

एसीसी यू- १९ एसिया कप : भारतविरुद्ध नेपालको खराब शुरूआत

मंगलबार, मंसिर २६ २०८०

काठमाडौं । युएईको दुबईमा जारी एसीसी यू-१९ एशिया कप अन्तर्गत आज नेपालले भारतको सामना गर्दै छ ।

आफ्नो तेस्रो खेलमा पनि नेपाली खेलाडीले राम्रो सुरुवात गर्न सकेनन् । नवौं ओभरको खेल चलिरहँदा नेपालको पाँच विकेट गएको छ । उत्तम थापा मगर शून्य र दीपक बोहोरा १ रन जोडेर आउट भएका छन् ।

यसैगरी अर्जुन कुमाल पनि ७ रन बनाउँदै आउट भए भने भर्खरै कप्तान देव खनाल पनि आउट हुन पुगे । ९ ओभरको समाप्तिमा नेपालले मात्र १७ रन जोडेको छ ।

नेपालले यसअघिका दुवै खेल हारेको छ भने भारत एक  जित र एक बराबरीसहित अंकतालिकाको दोस्रो स्थानमा छ ।

पाकिस्तानले भने २ खेलमा २ जीत निकालिसकेको छ । अहिले क्रिज गुल्सन झा र दिपक बोहरा छन् ।