काठमाडौं । एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा अफगानिस्तानविरुद्ध नेपालले टस जितेर पहिलो फिल्डिङ गर्ने निर्णय गरेको छ ।
नेपालका कप्तान देव खनालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेट र अफगानिस्तान भारतसँग ७ विकेटले पराजित भएको थियो ।
सेमिफाइनलमा पुग्ने सम्भावना जिवितै राख्न दुवै टोलीलाई आजको खेल जित्नुपर्ने दबाव छ।