बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

यू-१९ एसिया कप: नेपालले आज अफगानिस्तानको सामना गर्दै

आइतबार, मंसिर २४ २०८०

काठमाडौं । एसिसी यू-१९ एसिया कप क्रिकेटमा नेपालले आज अफगानिस्तानसँग खेल्दै छ । युएईको दुबईस्थित आइसिसी एकेडेमी ओभल-२ मा नेपाल र अफगानिस्तानबीचको खेल बिहान सवा ११ बजे सुरू हुनेछ ।

यसअघिको पहिलो खेलमा दुबै टोली पराजित भएका थिए ।

सेमिफाइनलमा पुग्ने सम्भावना जीवितै राख्न दुवै टोलीलाई आजको खेल जित्नै पर्नेछ।

यसअघिको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेट पराजित भएको थियो भने अफगानिस्तान भारतसँग ७ विकेटले नै पराजित भएको थियो ।

नेपालले तेस्रो खेल भारतसंग मंगलबार खेल्दैछ ।