बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

यू–१९ एसिया कप : नेपाल पाकिस्तानविरुद्ध पहिले ब्याटिङ गर्दै

शुक्रबार, मंसिर २२ २०८०

काठमाडौँ  एसीसी यू-१९ एसिया कप आज देखि युएईको दुबईमा शुरु हुदै छ । एशिया कपको पहिलो खेलमा आज समूह ए अन्तर्गत नेपालले पाकिस्तान यू-१९ टिमको सामना गर्दै छ ।

 

यस खेलमा पाकिस्तानले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसँगै नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।

यू-१९ एशिया कपमा नेपाल समुह ए मा भारत, पाकिस्तान र अफगानिस्तानसँग परेको छ । दुबईमा हुने यू-१९ एशिया कप मङ्सिर २२ (डिसेम्बर ८)  देखि पुस १ (डिसेम्बर १७) सम्म हुने तालिका रहेको छ ।

खेल तालिका अनुसार नेपालले मङ्सिर २२ (डिसेम्बर ८) मा पाकिस्तानको सामना गर्ने छ । त्यस्तै नेपालले दोस्रो खेल मङ्सिर २४ (डिसेम्बर १०) मा अफगानिस्तानको र मङ्सिर २६ (डिसेम्बर १२) मा भारतको सामना गर्ने छ ।