काठमाडौ- भोलि सोमबार नेपाल राष्ट्र बैंकले १६ अर्ब चार करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल बिक्री गर्नै भएको छ । सो दिन अपरान्ह दुई बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकको भनाई छ ।
राष्ट्र बैंकका अनुसार जारी मिति मंसिर १९ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्ने छन् । बिक्री गरिने कुुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको छ अर्ब चार करोड ५० लाख र एक सय ८२ दिने अवधिको १० अर्ब रुपैंयाँ बराबरको रहेको छ ।
राष्ट्र बैंकका अनुसार यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः बिसं २०८० फागुन २२ गते र बिसं २०८१ जेठ २२ गते तोकिएको छ । यि सबै ट्रेजरीहरु पुरानो नविकरण अन्र्तगतका रहेका छन् ।
यसअघि यही मंसिर ११ गते पनि राष्ट्र बैकले १७ अर्ब ५० करोड रुपैंयाँ बराबरको ट्रेजरी बिल बिक्री गरिएको राष्ट्र बैंकको भनाई छ ।