बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

ईङलिश प्रिमियर लिग : वोल्भ्समाथि आर्सनलको जित

आइतबार, मंसिर १७ २०८०

काठमाडौं। ईङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले वोल्भ्सलाई पराजित गरेको छ ।

गएराति सम्पन्न खेलमा आर्सनलले वोल्भ्समाथि २-१ गोलको जित हासिल गरेको हो ।

आर्सनलको जितमा बुकायो साका र मार्टिन ओडेगार्डले एक एक गोल गरेका थिए । त्यस्तै वोल्भ्सका लागि माथेअस चुनाले एक गोल फर्काएका थिए ।

यो जितपछि आर्सनल १४ खेलमा ३३ अंकसहित प्रिमियर लिगको शिर्ष स्थानमा कायम रहेको छ भने दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा ४ अंकले अगाडी रहेको छ । यद्यपी सिटीले एक खेल कम खेलेको छ ।

त्यसैगरी वोल्भ्सको भने १४ खेलमा १५ अंक रहेको छ र लिगमा १३औं स्थानमा रहेको छ ।