सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

प्रसाईँ समूहले आज सिफलमा कार्यक्रम गर्ने

शनिबार, मंसिर ९ २०८०

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियानले आज काठमाडौंको सिफल चौरमा प्रदर्शन गर्ने भएको छ।

सिफल चौरमा कार्यक्रम गर्न महाअभियानलेशुक्रबार आग्रह गरेको र सोही अनुरूप शान्तिपूर्ण प्रदर्शनका लागि अनुमति दिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले जानकारी दिए।

प्रदर्शनका संयोजक दुर्गा प्रसाईँ पनि सहभागि हुने महाअभियानका प्रवक्ता राजानन्द माण्डव्यले जानकारी दिए। त्यसका लागि प्रहरी प्रशासनसँग समन्वय भइसकेको पनि उनको दाबी छ।