बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

विश्वकप फाइनलमा आज भारत र अस्ट्रेलिया आमने–सामने

आइतबार, मंसिर ३ २०८०

काठमाडौँ । आइसीसी क्रिकेट विश्वकपको फाइनलमा आज भारत र अस्ट्रेलियाबीच भिडन्त हुदैछन् । फाइनल खेल अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार अपराहन्न २ः१५ बजेदेखि शुरु हुँदैछ ।

यस विश्वकपमा अपराजित रहदै भारत फाइनलमा पुगेको हो । भारत चौथो पटक एकदिवसीय विश्वकपको फाइनल खेल्दै छ । यसअघि १९८३ र २०११ को विश्वकपको उपाधि जितेको थियो भने २००३ मा विश्वकपको फाइनलमा अस्ट्रेलियासँग नै पराजित भएको थियो ।

त्यसैगरी अस्ट्रेलिया भने यस विश्वकपमा शुरुका दुई खेलमा हार बेहोरेपछि पछिल्ला आठ खेलमा अपराजित हुदै फाइनलमा पुगेको हो । त्यस्तै अस्ट्रेलिया भने आठौँ पटक विश्वकपको फाइनल खेल्दै छ ।

अस्ट्रेलियाले आठ वर्षपछि विश्वकपको फाइनल खेल्ने भएको छ । सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा विश्वकप जितेको अस्ट्रेलियाले सन् १९७५ र १९९६ को फाइनलमा हार बेहोरेको थियो । त्यस्तै अस्ट्रेलिया २०१९ को विश्वकपमा भने सेमिफाइनलमा ईङल्याण्डसँग पराजित भएर बाहिरिएको थियो ।

२००३ र २०२३ विश्वकपका संयोग

सन् २००३ को विश्वकपमा अस्ट्रेलियाली टोली च्याम्पियन बन्दा सबै ११ खेल जितेको थियो । फाइनलमा भारतलाई हराउनुअघि अस्ट्रेलियाले समूह चरणमा पनि भारतलाई हराएको थियो। त्यसपछि भारतीय टोलीले कुल आठ खेल जितेको थियो । अब २०२३ को विश्वकपको कुरा गर्ने हो भने भारतीय टोली लगातार १० खेल जितेर फाइनलमा पुगेको छ र उसको नजर अब ११औं जित हासिल गर्दै उपाधि जित्नेमा छ ।

भारतले समूह चरणमा अस्ट्रेलियालाई हराएको थियो र अब फाइनलमा पनि पराजित गर्ने अवसर छ । अष्ट्रेलियाको टोली यस प्रतियोगितामा कुल आठ खेल जितेर फाइनलमा पुगेको छ ।

विश्वकप क्रिकेटकाे फाइनल हेर्न माेदी गुजरात जाँदै

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आज हुने विश्वकप क्रिकेटको फाइनलमा सहभागी हुने भएका छन् ।

प्रधानमन्त्री मोदी आज साँझ अहमदाबाद पुग्नेछन्। उनी अहमदाबाद क्रिकेट स्टेडियम पुगेर भारत र अष्ट्रेलियाबीचको विश्वकप फाइनलको मजा लिनेछन्।

यस अवधिमा दुई–तीन राज्यका मुख्यमन्त्रीको पनि उपस्थिति रहनेछ । प्रधानमन्त्री मोदीको आजकाे गुजरात भ्रमणको पूर्ण तालिका सार्वजनिक भएको छ ।