बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

दक्षिण अफ्रिकालाई हराएको अस्ट्रेलियाले विश्वकपको फाइनलमा भारतसँग खेल्ने

शुक्रबार, मंसिर १ २०८०

काठमाडौँ । अस्ट्रेलिया जारी क्रिकेट विश्वकपको फाइनलमा पुगेको छ ।

सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै अस्ट्रेलिया विश्वकपको फाइनलमा पुगेको हो ।

दक्षिण अफ्रिकाले दिएको २१३ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ४७.२ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि टस जितेर पहिला ब्याटिंग गर्दै दक्षिण अफ्रिकाले ४९.४ ओभरमा अल आउट हुँदै २१२ रन बनाएको थियो ।

अब फाइनलमा अस्ट्रेलियाले उपाधिका लागि आयोजक भारतको सामना गर्ने छ । फाइनल खेल आइतबार हुने छ ।