विराटनगर । कोशीमा सत्तारुढ गठबन्धनले मन्त्रिपरिषदमा भागवण्डा टुंग्याएका छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले भागवण्डा टुंगो लगाए पनि मन्त्रिपरिषद विस्तार भने तिहारपछि मात्रै गर्ने सहमति छ ।
शनिबार बसेको गठबन्धनको बैठकले भागबण्डा टुंग्याएको हो ।
भागबण्डाअनुसार कांग्रेसलाई मुख्यमन्त्रीसहित ४, माओवादी केन्द्रलाई ३ मन्त्रालय, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी पार्टीलाई एकरएक मन्त्रालय दिने सहमति भएको हो ।
सरकारमा काँग्रेस, माओवादी र एकीकृत समाजवादीबाट एकरएक जना मन्त्री यसअघि नै नियुक्त भइसकेका छन् । कांग्रेसबाट शम्शेर राई, माओवादीबाट गणेश उप्रेती र एकीकृत समाजवादीबाट कमल जवेगु सरकारमा छन्।
अब तिहार लगत्तै मन्त्रिपरिषद् विस्तार हुने बताइएको छ ।