काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गत आज नेपाल र यूएई बीच प्रतिस्पर्धा हुँदैछ ।
मुलपानी मैदानमा युएईले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ ।
छनोटअन्तर्गत समूहगत चरणको अन्तिम खेलमा बिहीबार ओमानसँग पराजित भएपछि नेपालले यूएईसँग सेमिफाइलन खेल्नुपर्ने भएको हो ।
नेपाल समूह एको उप-विजेताका रूपमा समूह बीको विजेता यूएईसँग भिड्ने भएको हो। यो खेलमा जित हात पार्ने टोली विश्वकपमा छनोट हुने छ। यूएई लगातार तेस्रो जित हात पारेर समूह विजेता बन्यो।