बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

क्यानले सार्बजनिक गरयो, मुलपानी मैदानको आकर्षक दुई तस्विर

शुक्रबार, कार्तिक १७ २०८०

काठमाडौं । नेपाल र संयुक्त अरब इमिरेटस (युएइ)का बिचमा केहीबेरमा प्रतिस्पर्धा सुरु हुदैँछ ।

आइसीसी टी–२० विश्वकपमा छनोट प्रतियोगिता अन्तर्गत आज नेपालले यूएईसँग मैदानमा उत्रन लागेको हो ।

सो खेल मुलपानी क्रिकेट मैदानमा  हुनेछ । खेल ठिक बिहान ११ बजे देखि सुरु हुने आयोजकले जनाएको छ ।

यसै सन्दर्भमा नेपाल क्रिकेट संघ (क्यान)ले मुलपानी मैदानको सुन्दर तस्विर सार्बजनिक गरेको छ । आफनो टविटर ह्यान्डलबाट दुई तस्विर सार्बजनिक गर्दै क्यानले भनेको छ, ‘रोमाञ्चक मुलपानी क्रिकेट मैदान, बहुप्रतिक्षित आइसीसी पुरुष टि २० विश्वकप फाइनल एशिया सेमिफाइनल नेपाल र युएई बीच भिडन्तको लागि तयार छन् ।’