बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

ओमानसँग ५ रनले पराजित बनेको नेपालले सेमिफाइनल युएईसँग खेल्ने

बिहिबार, कार्तिक १६ २०८०

काठमाडौं । विश्वकप छनोटअन्तर्गत समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपाल पराजित भएको छ । बिहीबार भएको खेलमा ओमानसँग ५ नेपाल रनले पराजित भयो ।

ओमानले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपाली टोलीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय ४० रन मात्र जोड्न सक्यो ।

ओमानसँग पराजित बनेको नेपाल समूह उपविजेता बन्दै सेमिफाइनल पुगेको छ । ओमान समूह विजेता बनेको छ ।

नेपालले सेमिफाइनल युएईसँग खेल्ने छ ।