बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

टस जितेर ओमानविरुद्ध बलिङ गर्दै नेपाल

बिहिबार, कार्तिक १६ २०८०

काठमाडौं । नेपाल र ओमानका बिचमा आज प्रतिस्पर्धा हुदैँछ ।

आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटको खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

टस जितेर नेपालले ओमानविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

खेल त्रिभुवन बिश्वविद्यालयको खेल मैदान किर्तिपुरमा हुँदैछ ।

यसअघि नेपालले सिङ्गापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएर ओमानसँग प्रतिस्पर्धा गर्न पुगेको हो भने ओमान पनि दुई खेलमा जीत हासिल गर्दै नेपालसँग प्रतिस्पर्धा गर्न आईपुगेको हो । उसले यसअघि मलेसियालाई ३२ र सिङ्गापुरलाई २२ रनले हराएको थियो ।

नेपालले ओमानसँग आफनो समुह अर्थात समूह ‘ए’ को अन्तिम खेल खेल्दै छ। नेपाल र ओमानबीच आज हुने खेलले समूह ‘ए’ को विजेता तय गर्नेछ ।

टी–२० मा नेपाल र ओमानबीच चार खेल भएको छ । जसमा नेपाल तीन र ओमान एक खेलमा विजयी भएको छ ।