बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

टी–२० विश्वकप एसिया छनोट

नेपाल मलेसियाविरुद्ध पहिले बलिङ गर्दै

मंगलबार, कार्तिक १४ २०८०

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया छनोटअन्तर्गत मलेसियाविरुद्धको खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ ।

मलेसियाले टस जितेर ब्याटिङ रोज्दै नेपाललाई बलिङको निम्तो दिएको हो ।

आइसिसी टि-२० विश्वकप एसिया फाइनल क्षेत्र छनोटमा आज नेपालले मलेसियासँग प्रतिस्पर्धामा उत्रन लागेको हो ।

पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले हराएको नेपालले ओमानसँग ३२ रनले पराजित भएर आएको मलेसियासँग यो चरणको पहिलो प्रतिस्पर्धामा उत्रन लागेको हो ।

नेपाल घरेलु मैदानमा दोस्रो जीतका लक्ष्यसहित मैदानमा उत्रन लागेको हो ।