काठमाडौ- भोलि सोमबार नेपाल राष्ट्र बैंकले पुुनः २७ अर्ब ६६ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्नै भएको छ । । सो दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकको भनाई छ ।
राष्ट्र बैंकका अनुसार जारी मिति कात्र्तिक १४ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । बिक्री गरिने कुुल ट्रेजरी मध्येमा २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको आठ अर्ब १० करोड, एक सय ८२ दिने अवधिको १३ अर्ब र तीन सय ६४ दिने अवधिको एक अर्ब ५६ करोड रुपैंयाँ बराबरको रहेको छ । राष्ट्र बैंकका अनुसार यि ट्रेजरीहरुको परिपक्क हुने अवधि भने क्रमशः २०८० मंसिर १२ गते, २०८० माघ १६ गते, २०८१ जेठ १८ गते र २०८१ कात्र्तिक १३ गते तोकिएका छन् । यि ट्रेजरीहरु पुरानो नविकरण अन्र्तगतका रहेका छन् ।
यही कात्र्तिक तीन गते पनि १६ अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको राष्ट्र बैंकको भनाई छ ।