काठमाडौं – एभरेष्ट बैंकका अध्यक्ष बिके (विष्णुकृष्ण)श्रेष्ठको ९४ वर्षको उमेरमा निधन भएको छ।
उपचारको क्रममा मेडिसिटी हस्पिटलमा मंगलबार साँझ उनको निधन भएको हो। केही समयदेखि उनी बिरामी थिए।
श्रेष्ठ २६ वर्षदेखि बैंकमा अध्यक्ष थिए। २०५४ सालदेखि श्रेष्ठले बैंकको अध्यक्षको जिम्मेवारी सम्हालेका हुन्।
गत असोज ३० गतेको बैंकको २९ औं वार्षिक साधारण सभाले पनि श्रेष्ठलाई अध्यक्षको रूपमा चयन गरेको थियो।
ललितपुरमा जन्मिएका श्रेष्ठले अमेरिकाबाट एमबीए गरेका थिए।