शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

आइएमई र अस्ट्र टेकको बोटिम टेक्नोलोजी बिच डिजिटल रेमिटेन्स सेवा प्रर्वधन गर्ने समझदारी

बिहिबार, कार्तिक २ २०८०

काठमाडौं- नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमई र मध्यपूर्व लगायत एक सय ५५ देशहरुमा सन्चालनमा रहेको अस्ट्र टेकद्वारा प्रवर्दित बोटिम अल्ट्रा एप मार्फत नेपालमा रकम पठाउन र डिजिटल रेमिटेन्स सेवा प्रवर्द्धन गर्ने समझदारी भएको छ ।

सम्झौता अनुसार युएईको केन्द्रिय बैंकबाट इजाजत पत्र प्राप्त लोकप्रिय बोटिम अल्ट्रा एप मार्फत आइएमईको डिजिटल वालेट आइएमई पे मा सोझै रकम पठाउन सकिने गरि डिजिटल रेमिटेन्सलाई प्रर्वद्धन गर्न दुवै पक्षले सहकार्य गर्ने छन् । यस रणनीतिक सहकार्य मार्फत डिजिटल वित्तीय समावेशितालाई थप प्रर्वद्धन गर्दै कारोबारको डिजिटल रुपान्तरणमा ठुलो सहयोग पुग्नुको साथै आइएमईका सेवाग्राहीहरूलाई अत्याधुनिक सूचना प्रविधिमा आधारित वित्तीय सेवा प्रदान गर्ने आइएमईको उद्देश्य हासिल गर्न सहयोग पुग्ने पनि आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले उल्लेख गर्नु भयो ।

अस्ट्र टेकका प्रमुख व्यापार अधिकृत मार्क मिशेलले “आइएमई नेपालसँगको साझेदारीबाट उत्साहित रहेको बताउँदै वित्तीय सेवालाई सबैका लागि थप पहुँचयोग्य बनाउन महत्त्वपूर्ण कदम रहेको उल्लेख गरेका छन् । यो रणनीतिक साझेदारी, युएइ र त्यसभन्दा बाहिर समेत आर्थिक समावेशिता प्रर्वधन गर्न केन्द्रित रहेको पनि प्रमुख व्यापार अधिकृत मिशेलले उल्लेख गरेका छन् । प्रमुख व्यापार अधिकृत मिशेलले, बोटिम अल्ट्रा एप मार्फत, लाखौं प्रयोगकर्ताहरूको जीवनलाई सरल बनाउन मद्दत गर्ने पहलहरू र सहकार्यहरूतर्फ काम गरिरहेका छौं र यो साझेदारी त्यो प्रतिबद्धताको प्रमाण रहेको पनि बताएका छन् ।

आइएमई लिमिटेडका बारेमा :

आफ्नो स्थापनादेखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्ध आइएमईले सेवा शुभारम्भको २३ औं वर्षसम्ममा नेपालका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी २ सय २५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिब १२ हजार सब एजेन्ट र बैङ्क तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा दुः ख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको छ । साथै परम्परागत रेमिटेन्स सेवा डिजिटलाइजेसनमा प्रवेश गरिरहेको अवस्थालाई आत्मसाथ गर्दै आइएमईले विगत ५ वर्ष देखि आफ्नो डिजिटल कारोबारलाइ नेपाल राष्ट्र बैकबाट मार्फत नेपालको पहिलो भुक्तानी सेवा प्रदायकको रूपमा लाइसेन्स प्राप्त गरि आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धिधत ’आइएमई पे’ मोबाइल वालेट मार्फतबाट डिजिटल रेमिटेन्स सेवा सफलताका साथ सञ्चालन गरिरहेको छ।

अस्ट्र टेक तथा बोटिमको बारेमा :

अस्ट्र टेक, अग्रणी उपभोक्ता प्रविधि होल्डिङ समूह हो । जुन आफ्नो उच्च प्रविधिसहितको अल्ट्रा एपमार्फत दैनिक सेवाहरूलाई रूपान्तरणमा गर्न समर्पित छ । बोटिम मार्फत एक सय पचपन्न देशहरूमा अन्तर्राष्ट्रिय मुद्रा स्थानान्तरण, बिल भुक्तानी, युएका भिसा सेवाहरूमा कार्य गर्दछ ।