काठमाडौं- एनएमबी बैंकले दुई करोड अमेरिकी डलर ऋण पाउन सफल भएको छ । बैंकले हरित वित्त प्रर्वधन र साना तथा मझौला उद्यमलाई टेवा पु¥याउने उद्देश्यले अन्तर्राष्ट्रिय साझेदार डच इन्टरप्रेन्युरल डेभलपमेन्ट बैंक एफएमओबाट २० मिलियन अमेरिकी डलर बराबरको ऋण प्राप्त गरेको जानकारी दिएको छ ।
बैंक र एफमओबीचको यस साझेदारीमा एफएमओबाट बैंकलाई १५ मिलियन अमेरिकी डलर ग्रीन इनिसिएटिभमा केन्द्रित रही वित्तीय कारोबार गर्नका लागि प्राप्त गरिएको बैंकको भनाई छ । यस्तै बाँकी रकम साना तथा मझौला उद्यम विकास र प्रर्वधनका लागि प्राप्त भएको हो । बैंकले हाल सबै क्षेत्रमा गरी दुई सय एक वटा शखाहरूमार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।