बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

धनपुञ्ज बहुउद्धेश्यीय सहकारी संस्थाकाे दोस्रो वार्षिक साधारण सभा सम्पन्न

कुल सम्पत्ति दायित्व १८ दशमलव ६५ प्रतिशत बढेर सात करोड २८ लाख १६ हजार रुपैंयाँ कायम

आइतबार, असोज २१ २०८०

काठमाडौं । धनपुञ्ज बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले यही असोज २० गते शनिबार काठमाडौंको नयाँ बानेश्वरमा भव्य रुपमा वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

काठमाडौं महानगरपालिका वडा नम्बर ३१ का वडाध्यक्ष सरोज ढकालको प्रमुख आतिथ्यमा संस्थाकाे  वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि, अतिथिलगायत संस्थाका सम्पूर्ण सेयर सदस्यहरुलाई संस्थाका सचिव विनोद प्रसाद चौंलागाईले स्वागत गर्दै मन्तव्य राखेका थिए ।

साेही वार्षिक साधारण सभा मार्फत संस्थाले सञ्चालक समितिकातर्फबाट अध्यक्ष विकास कार्कीले सार्वजनिक गरेको संस्थाको आर्थिक बर्ष २०७९/०८० को वार्षिक बित्तीय विवरण समेत पारित गरेको छ ।

सोही क्रममा संस्थाका अध्यक्ष कार्कीले कार्यक्रममा संस्थाको हालसम्मको आयव्यय बारे जानकारी गराएका थिए ।

अध्यक्ष कार्कीले संस्थाको कुल सम्पति सात करोड २८ लाख १६ हजार आठ सय १३ रुपैंयाँ पुगेको जानकारी दिए । चालु आव २०८०/०८१ मा भने संस्थाले आफ्नो कुल सम्पति आठ करोड ४८ लाख ५० हजार रुपैंयाँ पुग्ने अनुमान गरेको छ ।

अध्यक्ष कार्कीले संस्थाको भावी योजना तथा कार्यक्रम समेत सार्वजनिक गरे  । सो अनुसार संस्थाले सदस्यहरुको नियमित बचत गर्ने बानीको विकास गर्न अभिप्रेरित गरिने, सदस्यता बृद्धि तथा पुँजी बृद्धिलाई बिशेष जोड दिईने, आवस्यकता अनुसार कर्मचारीहरुको लागि उचित तालिमको व्यवस्था गर्ने, संस्थाको बार्षिक उत्सवको अवसर पारेर कुनै सामाजिक कार्य सञ्चालन गर्ने, संस्थाले सदस्यहरुको लागि दिदैं आएको घरदैलौ सेवालाई अझै प्रभावकारी ढंगले प्रदान गर्ने व्यवस्था मिलाउने लगायतका योजना रहेको अध्यक्ष कार्कीले जानकारी दिए ।

यसैगरी संस्थाले भविस्यको लागि हुने बचत योजनालाई सञ्चालन गर्ने, आगामी बार्षिक साधारण सभामा बर्ष भरिमा कारोबार गर्ने सदस्य मध्येबाट उत्कृष्ट कारोबार गर्नै एक जना महिला, एक जना पुरुष र जेष्ठ नागरिकलाई सम्मान गर्ने, कार्य सम्पादनको आधारमा उत्कृष्ट कार्य गर्ने एक जना कर्मचारीलाई सम्मान गर्ने लगायतका कार्यक्रम सार्वजनिक गरेको छ ।

आव २०८०/०८१ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने, आगामी आर्थिक बर्ष २०८०/०८१ को बार्षिक कार्यक्रम तथा बजेटमाथि छलफल तथा स्वीकृत गर्ने, संस्थाको आन्तरिक तथा कार्यबिधिहरुको परिमार्जन तथा संसोधन गर्ने, साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि चयन गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।

सञ्चालनमा आएको छोटो समयमै संस्थाको उत्कृष्ट व्यवस्थापन, सवल वित्तीय अवस्था, सक्षम कर्मचारी संयन्त्र आदिले संस्थाप्रति बचतकर्ताको बिश्वास बढ्दै गएको सहभागीहरुले बताएका थिए ।

काठमाडौं महानगरपालिका वडा नं ३१ बानेश्वरमा कारोबार गर्दै आएको संस्थाले कारोबार सुरु गरेको दुई बर्षमा प्राप्त गरेको सफलताका कारण संस्थाप्रति बचतकर्ताको बिश्वास बढेर गएको उनीहरुको भनाइ थियो ।

राजधानीमा नैं सञ्चालनमा रहेको धेरै वटा संस्थाहरुमा व्यवस्थापकीय कमजोरी कै कारण बिभिन्न समस्याहरु देखेर ति संस्थाहरुप्रति आमबचतकर्ताको बिश्वास घट्दै गईरहेको छ । यो अवस्थामा धनपुञ्जमा भने उच्च व्यवस्थापकीय सञ्चालक एवं व्यवस्थापन समिति, दक्ष कर्मचारी प्रशासन रहेको छ । सोहीकारण यो सहरकारीले गर्ने हरेक कारोबारहरु चुस्त दुरुस्त रहेका छन् । जसले गर्दा संस्थाप्रति आम बचतकर्ता एवं सेयर सदस्यहरुको बिश्वास बढ्दै गएको छ ।

संस्थाको शनिबार सम्पन्न भएको दोस्रो बार्षिक साधारण सभा अनुसार संस्थाको सेयर पुंजी २०७९ असार मसान्तसम्ममा ६९ लाख ४५ हजार सात सय रुपैंयाँ रहेकोमा आव २०७९/०८० मा संंस्थाको सेयर शेयर पुँजी ११ प्रतिशत अर्थात सात लाख ६६ हजार रुपैंयाँले बढेर ७७ लाख ११ हजार सात सय रुपैंयाँ पुगेको छ ।

यस अवधिमा संस्थाले छ करोड ३९ लाख ७५ हजार तीन सय रुपैयाँ बचत संकलन गरेको छ । यो रकम गत अघिल्लो आवको तुलनामा १७ दशमलव ७० प्रतिशत अर्थात ९६ लाख २२ हजार छ सय ३५ रुपैंयाँले बढी हो । गत आवमा संस्थाको यस्तो बचत रकम पाँच करोड ४३ लाख ५२ हजार सात सय ११ रुपैयाँ रहेको थियो ।

यसैगरी आव २०७८/०७९ मा संस्थाको कुल ऋण लगानी चार करोड २२ लाख ३५ हजार एक सय ९५ रुपैंयाँ रहेकोमा पछिल्लो आवमा यस्तो लगानी २४ दशमलव ७४ प्रतिशत अर्थात एक करोड चार लाख ५२ हजार आठ सय रुपैयाँले बढेर पाँच करोड २६ लाख ८८ हजार ७७ रुपैंयाँ पुगेको जानकारी  दिईयो । आव २०७९/०८० मा संस्थाको कुल आम्दानी एक करोड पाँच लाख रुपैंयाँ रहेकोमा सोही अवधिमा संस्थाको कुल खर्च एक करोड चार लाख ५८ हजार सात सय ४४ रुपैंयाँ पुगेको छ । सो अनुसार आव २०७९/०८० मा आयकर अघि संस्थाको कुल सञ्चालन मुनाफा ४१ हजार दुई सय ८१ रुपैंयाँ कायम भएको छ । संस्थाको कुल सम्पती भने आव २०७८/०७९ मा छ करोड ३१ लाख ७० जार आठ सय ४९ रुपैंयाँ रहेकोमा आव २०७९/०८० मा यस्तो सम्पती १८ दशमलव ६५ प्रतिशत अर्थात एक करोड १४ लाख ४५ हजार नौं सय ६३ रुपैंयाँले बढेर सात करोड २८ लाख १६ हजार आठ सय १२ रुपैंयाँ पुगेको जानकारी पनि बार्षिक साधारण सभामा दिईयो । संस्थामा हाल सात सदस्यीय सञ्चालक समिती रहेको छ ।

संस्थाको सञ्चालक समितीको अध्यक्ष पदमा बिकास कार्की, उपाध्यक्षमा उर्मिला शर्मा भुजेल, सचिवमा बिनोद प्रसाद चौलागाई, कोषाध्यक्षमा रञ्जु काफ्ले रहेका छन् । यसैगरी सदस्यहरुमा गिता प्रसाद पोखरेल, दिल बहादुर रम्तेल र भुवन कुमार पोखरेल रहेका छन् । संस्थाको लेखा तथा सुपरीवेक्षण समितीमा सिता दंगाल (संयोजक) र आशिष रानाभाट र बिशाल अधिकारी सदस्य रहेका छन । यसैगरी संस्थाको चार्टड एकाउन्टेन्समा बि.आर.बि.एस एसोसिएट्स र सि. ए मा बिशाल राज भुषाल (पार्टनर) रहेका छन् । बार्षिक साधारण सभा कै अवसरमा संस्थाले आगामी दिनमा पनि आमबचतकर्ताहरुको हितमा रहेर सहकारी बिभागले निर्दिष्ट गरेको सहकारीको मुल्य, मान्यता र सिद्धान्तलाई आत्मसाथ गरेर अगाडि बढ्ने उद्घोष गरेको छ ।