काठमाडौं- नेपाल राष्ट्र बैंकले २० रुपैंयाँ दरको नयाँ नोट प्रचलनमा ल्याउने भएको छ । शुक्रबार सुचना जारी गर्दे साविककै आकार तथा रंगमा २० रुपैंया दरको नयाँ नोट प्रचलनमा ल्याउन लागेको हो ।
नयाँ नोटको अग्रभाग अन्र्तगत बाँयातर्फ सगरमाथाको चित्र रहेको, नोटकको दायाँतर्फ लालीगराँसको पानीछाप रहेको, नोटमा गर्भनरको दस्तखत रहने स्थानमा गर्भनर महाप्रसाद अधिकारीको दस्तखत रहेको र नोटको तत्लो भागको बोर्डरमा नोटको सिरिज नम्वर नेपालीमा बिसं २०७९ लेखिएको हुनेछ ।
यसैगरी नोटको पृष्ठभागमा अग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको, नोटको मध्यभागमा दुई वटा बाह्सिंगाको चित्र रहेको आदि बिशेषता रहने राष्ट्र बैंकको भनाई छ ।