बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ज्योति विकास बैंकद्वारा क्यु आर अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक

शुक्रबार, असोज १९ २०८०

काठमाडौं- ज्योति विकास बैंकले क्यु आर कोड मार्फत भएको भुक्तानीको जानकारी भ्वाइस मेसेजबाट तत्काल प्राप्त हुने नवीन प्रविधिमा आधारित “कोइली क्यु आर अडियो अलर्ट डिभाइस” सेवा ग्राहकवर्गकको लागि सार्वजनिक गरेको छ ।

बैंकले डिजिटल बैंकिङ्गलाई थप सरल, सहज र सुरक्षित बनाउने उद्देश्यका साथ बैंकको क्यु आर कोड भुक्तानी प्रणालीमा आबद्ध मर्चेन्ट र ग्राहकहरूलाई सहजता प्रदान गर्न यो सेवा सुचारु गरेको हो । यस सेवा अन्तर्गत क्यु आर अडियो अलर्ट डिभाइसमा रहेको क्यु आर कोड मार्फत कारोबार गरेपछि मर्चेन्ट तथा ग्राहकहरूले भुक्तानी सफलतापूर्वक भएको सूचना तत्काल भ्वाइस मेसेज मार्फत प्राप्त गर्नेछन् । यो सेवाले भुक्तानीको तत्काल प्रमाणीकरण गरि व्यवसायी तथा ग्राहकहरू बीच डिजिटल भुक्तानीमा विश्वसनीयता कायम गर्न मद्दत गर्ने विश्वास बैंकले लिएको छ । साथै यो प्रविधिले व्यवसायी तथा ग्राहकवर्गको मोबाईल फोनमा भुक्तानी प्राप्त गरेको मेसेजका निम्ति कुर्नुपर्ने समयको पनि बचत हुनेछ । बैंकले यो सेवा बिट्स क्राफ्ट प्रा.लि. सँगको सहकार्यमा ल्याएको हो ।

आफ्नो कारोबारको सरल र सुरक्षित व्यवस्थापनका लागि यो सेवा लिन चाहने व्यवसायीहरुले ज्योति विकास बैंकको सम्पूर्ण १२१ शाखाहरु मार्फत् तोकेको आवेदन दिई उक्त सुविधा प्राप्त गर्न सक्नेछन् । बैंकले देशका विभिन्न स्थानहरुमा व्यवसायीहरुलाई प्रदान गरेको त्तच् ऋयमभ सेवाले आम ग्राहकलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्नुका साथै डिजिटल बैंकिङ्गलाई थप प्रर्वद्धन गर्दै देशभरी त्तच् ऋयमभ वितरण गर्ने र डिजिटल भुक्तानी सेवा विस्तारित गर्ने प्रतिवद्वता व्यक्त गरेको छ ।
ज्योति विकास बैंकले हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटिएम मार्फत बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आइरहेको छ ।