बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

आजदेखि विश्वकप क्रिकेट सुरु हुँदै, उद्घाटन खेलमा इङल्याण्ड र न्यूजील्याण्ड बिच प्रतिस्पर्धा

बिहिबार, असोज १८ २०८०

काठमाडौं । विश्वकप क्रिकेटको आज उद्घाटन खेल हुँदैछ ।

आईसीसी एकदिवसीय विश्वकपको १३औं संस्करण बिहीबारदेखि भारतमा सुरु हुन लागेको हो ।

आज देखी सुरु हुने क्रिकेट बिश्वकप प्रतियोगिताको पहिलो खेल इङल्याण्ड र न्युजील्याण्डका बिचमा प्रतिस्पर्धा हुदैँछ । इङ्ल्यान्ड साविक विजेता टोली हो भने न्युजील्याण्ड उपविजेता टोली हो ।

सो प्रतियोगिताको पहिलो उदघाटन खेल नरेन्द्र मोदी रंगशालामा हुनेछ, जुन मैदान विश्वकै सबैभन्दा ठूलो क्रिकेट रंगशालाको रुपमा लिइन्छ । सो उदघाटन  खेल नेपाली समयअनुसार दिउँसो २:१५ बजेदेखि सुरु हुनेछ ।

यस प्रतियोगिताको संस्करणमा १० देशको सहभागिता रहने छ । जसअनुसार यसपटक आयोजक भारतसँगै इङ्ल्यान्ड, न्युजिल्यान्ड, अस्ट्रेलिया, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, श्रीलंका, दक्षिण अफ्रिका र नेदरल्यान्ड्स मैदानमा उत्रिदै छन् ।

नेदरल्याण्ड विश्वकपको यस संस्करणमा एकमात्र एसोसिएट राष्ट्र हो ।