बजार बिस्तारको आक्रामक योजना सहितको २० बुंदे बार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
काठमाडौं- काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं ३२ कोेटेश्वरमा केन्द्रिय कार्यालय रहेको कुटुम्ब बचत तथा ऋण सहकारी संस्थाको १२ औं बार्षिक साधारण सभा भव्यरुपमा सम्पन्न भएको छ । संंस्थाले यही असोज १३ गते शनिवार जिल्ला सहकारी संंघका काठमाडौंको सदस्य समेत रहेका बाग्मती प्रदेशका माननीय साँसद ज्ञान बहादुर तामाङको प्रमुख आतिथ्यमा बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
सभामा आफ्नो मन्तव्य राख्नै सांसद तामाङ मुलुकको अर्थतन्त्र केही सुस्त भएको अवस्थामा पनि कुटुम्ब बचत तथा ऋण सहकारी संस्थाले गरेको आर्थिक, भौत्तिक, सामाजिक प्रगती देखेर आफुलाई धेरै खुसी लागेको बताए । पछिल्लो समय केही सहकारी संस्थाहरुमा समस्या देखिएको छ, तर सबै सहकारीहरु उस्तै छैनन, सहकारी भनेको कुटुम्व जस्तै, सवल, सक्षम र बिश्वासिलो हुनुपर्छ, उनले भने । संस्थाप्रतिको यही बिश्वासले गर्दा नैं यो साधारण सभाभा चार सय ५० जना भन्दा बढी सेयर सदस्यहरुको गरिमामय उपस्थिती भएको हो, उनले भने । साँसद तामाङले आगामी दिनहरुमा पनि आम सेयर सदस्यहरुको सर्वोपरि हितलाई ध्यानमा राखेर अझै धेरै उन्नती प्रगती, गर्न शुभकामना दिए ।
साधारण सभा उक्त सहकारीका सञ्चालक समिती अध्यक्ष सुदिप कुमार खनालले संस्थाको आर्थिक बर्ष २०७९⁄०८० को आयव्यय बिवरण सार्वजनिक गर्दे चालु आर्थिक बर्ष २०८०⁄०८१ को लागि बार्षिक नीति तथा कार्यक्रमहरु सार्वजनिक गरे । यस अन्र्तगत चालु आवमा संस्थाको नीति तथा कार्यविधी निर्माण तथा अध्यावधिक गर्ने, मापदण्डहरुको परिपालना गर्ने, नवीनतम प्रविधिको प्रयोग गर्ने, योजनाको समिक्षा गर्ने, गुणस्तरी सेवा प्रदान गर्ने, संस्थामा सुशासन कायम गर्ने, समिती उपसमितीको क्षमता बिकास गर्ने, संस्थाको पल्र्स स्तर कायम गर्ने, संस्थाको कार्यक्षेत्रभित्र सदस्यता बृद्धि गर्ने, तरलता व्यवस्थापन गर्ने, भाखा नाघेको ऋण असुली तथा ऋणको सुरक्षण गर्ने, बचत तथा ऋण सेवाको बिकास तथा अधावधिक गर्ने, सदस्य सन्तुष्टी सर्वेक्षण गर्ने, समयसापेक्ष व्याजदर निर्धारण गर्ने, सदस्यहरुको लागि सम्मान तथा प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने, प्रभावकारी कार्यालय व्यवस्थापनको लागि भौत्तिक संरचना निर्माण गर्ने, सामाजिक उत्तरदायित्वका कार्यहरुमा सञ्चालन गर्ने, कर्मचारीहरुका लागि प्रोत्साहन र क्षमता बिकास कार्यक्रमहरु सञ्चालन गर्ने, सहकारी ऐन, नियमको पुर्ण पालना गर्ने र सदस्यको सेवा सुविधा सम्वन्धी योजना तथा कार्यविधी निर्माण गर्ने सहितका २० बुंदे बार्षिक नीति तथा कार्यक्रमहरु सार्वजनिक गरेका छन् ।
बार्षिक साधारण सभामा संंस्थाका कोषाध्यक्ष कृष्णप्रसाद गौतमले भने आव २०७९⁄०८० को संस्थाको वास्तविक पुँजी तथा दायित्व सम्वन्धी विवरण सार्वजनिक गर्दे चालु आर्थिक बर्षको अनुमानित पुँजी तथा दायित्व सम्वन्धी प्रतिवेदन पेस गरे । सो अनुसार आव २०७९⁄०८० मा संस्थाको सेयर पुँजी एक करोड ५२ लाख ३२ हजार तीन सय रुपैयाँलाई बृद्धि गरी चालु आवमा एक करोड ६५ लाख रुपैंयाँ पुर्याउने उनले बताए ।
यसैगरी गत आवमा ४९ लाख ३८ हजार चार सय ९२ रुपैंयाँ रहेको जगेडा कोषलाई चालु आवमा बृद्धि गरी ५४ लाख ४१ हजार चार सय ९२ रुपैंयाँ पुर्याउने, गत आवमा चार करोड ४७ लाख २१ हजार पाँच सय ४९ रुपैंयाँ रहेको बचत निक्षेपलाई चालु आवमा बृद्धि गरी पाँच करोड ३६ लाख रुपैंयाँ पुर्याउने लक्ष्य लिएको जानकारी दिए । आव २०७९⁄०८० संस्थाले व्याज आम्दानीबापत ६८ लाख ८८ हजार २८ रुपैंयाँ र अन्य आम्दानी वापत १६ लाख ८० हजार चार सय २० रुपैंयाँ समेत गरी कुल ८५ लाख ६८ हजार चार सय ४८ रुपैंयाँ आम्दानी गरेको जानकारी पनि कोषाध्यक्ष गौतमले दिए । संस्थाले आव २०७९⁄०८० मा चार करोड ४७ लाख २१ हजार पाँच सय ४९ रुपैंयाँ बचत संकलन गरी पाँच करोड २४ लाख ७८ हजार नौं सय ९० रुपैंयाँ ऋण लगानी गरेको भन्दै उनले आव २०७९⁄०८० मा संस्थाको नगद तथा बैंक मौज्दात गरी जम्मा एक करोड ५६ लाख दुई हजार आठ सय ७४ रुपैंयाँ रहेको र यो रकम कुल निक्षेप दायित्वको ३४ दशमलव ८८ प्रतिशत भएको बताए ।
बिसं २०६८ सालमा स्थापना भएको यो संस्थाले हाल आफ्नो कार्यक्षेत्रमा अन्य सहकारी संस्थाहरुको भिडमा निकै नैं बलियो उपस्थिती जनाएको छ । संस्थाले हाल बचततर्फ कुटुम्ब मेरो बचत, कुटुम्ब सुनिश्चित भविष्य बचत, कुटम्ब समृद्धि बचत, कुटुम्ब सुपर बचत लगायतका बचत योजनाहरु सञ्चालन गर्दे आएको छ । यसैगरी ऋणतर्फ भने व्यवसायीक ऋण, धितो ऋण, हायर पर्चेज ऋण, छोटो अवधि ऋण र सदस्य सुविधा ऋण लगायतका योजनाहरु सञ्चालन गर्दे आएको छ ।