बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

किन पक्राउ परे अनमोल केसी ?

शुक्रबार, असोज १२ २०८०

काठमाडौँ – अभिनेता अनमोल केसी पक्राउ परेका छन् । उनलाई साँगाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई शुक्रबार पक्राउ गरेको हो ।

फिल्म ‘रावायण’मा काम गर्ने वचन दिएर पनि अन्तिम अवस्थामा काम नगरेपछि अनमोल केसी विरुद्ध निर्देशक सुदर्शन थापाको ब्यानर सुदर्शन फिल्मस्ले प्रहरी कार्यलयमा उजुरी दिएको थियो ।

सुदर्शन फिल्मस्ले दिएको उजुरीको आधारमा प्रहरीले अनमोललाई खोजी गरिरहेको थियो । अनमोललाई प्रहरीले प्रहरी कार्यलयमा आउनका लागि अनुरोध पनि गरेको थियो । तर, अनमोल प्रहरीको सम्पर्कमा आउन चाहेका थिएनन् । अभिनेता अनमोल केसीलाई आपराधिक घात अभियोगमा पक्राउ गरीएको हो ।