काठमाडौं – हिमालयन बैंकले आफ्ना ग्र्राहकलाई देशका विभिन्न एक सय ६० भन्दा बढी स्थानमा विशेष छुटको व्यवस्था गरेको जानकारी दिएको छ । बैंकका अनुसार ग्राहकमाझ सेवा अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौं, पोखरा, चितवन लगायत एक सय ६० भन्दा बढी स्थानमा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको हो ।
ग्राहकले देशका विभिन्न स्थानमा रहेका होटल, रेष्टुरेन्ट, अस्पताल, ल्याव, डायगोनोस्टिक सेन्टर, गहना गृहका साथै कपडा, चश्मा, घडी, मोबाइल, ल्यापटप, खेल सामग्री, फर्निचर लगायतको खरिदमा छुट पाउन सक्ने बैंकले जानकारी दिएको छ । यसैगरी कस्मेटिक, बुटिक, सलुन, ट्राभल एण्ड ट्रेक र एडभेन्चर टुरिज्ममा पनि छुट पाउने व्यवस्था मिलाइएको छ ।
बैंकले सम्बन्धित व्यवसायीसँगको सहकार्यमा ग्राहकलाई २० प्रतिशतसम्म छुटको व्यवस्था गरेको हो । छुट सुविधा प्राप्त गर्न ग्राहकले बिल लिनु पहिले बैंकको डेबिट-क्रेडिट कार्ड वा चेक बुक देखाउनु पर्नेछ । छुट पाउने स्थान बढाएर दुई सयसम्म पु¥याउने तयारी रहेको बैंकले जानकारी दिएको छ ।