काठमाडौं – भोलि सोमबार नेपाल राष्ट्र बैंकले पुुनः १६ अर्ब ८३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सो दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार जारी मिति असोज दुई गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्ने छन् । कुुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको नौं अर्ब ५३ करोड, एक सय ८२ दिने अवधिको चार अर्ब ३० करोड र तीन सय ६४ दिने अवधिको तीन अर्ब रुपैंयाँ बराबरको रहेको छ । यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०८० पुस तीन गते, २०८० चैत्र छ गते र २०८१ असोज एक गते तोकिएका छन् । यि टे«जरी बिलहरु मध्ये तीन सय ६४ दिने अवधिको तीन अर्ब रुपैंयाँको ट्रेजरी बिल नयाँ र बाँकी सबै पुरानो नविकरण अन्तर्गतका रहेका छन् ।
यही भदौ २५ गते पनि राष्ट्र बैकले आठ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।