शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

सिटिजन्स बैंकद्धारा आर्थिक वर्ष २०७९ र ८० को लागी पाँच दशमलव ७९ प्रतिशत लाभांश प्रस्ताव

आइतबार, भाद्र ३१ २०८०

काठमाडौं- सिटिजन्स बैंकद्धारा आर्थिक वर्ष २०७९र८० को लागी पाँच दशमलव ७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको आईतबार बसेको संचालक समितिको चार सय २८ औं बैठकको निर्णय बमोजिम शेयरधनीहरुलाई आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट पाँच दशमलव ७९ प्रतिशत लाभांश स्वीकृत गरेको हो् । सञ्चालक समितिको बैठकले प्रस्ताव गरे अनुसार आ.व २०७९÷८० को वितरण योग्य मुनाफाबाट २०८० आषाढ मसान्तको चुक्ता पुँजी १४ अर्ब २० करोड नौं लाख ७४ हजार छ रुपैंयाँको पाँच दशमलव ७९ प्रतिशतले हुने ८२ करोड २१ लाख ६१ हजार छ सय ५२ रुपैंयाँ ९६ रुपैंयाँ बराबरको नगद लाभाँश वितरण गर्ने प्रस्ताव गरेको बैंकले जानकारी दिएको छ ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुलाई प्रस्तावित लाभांश वितरण गरिने बैंकको भनाई छ । बैंकले देशैभरी फैलिएका आफ्ना एक सय ८८ वटा शाखा, एक सय ४८ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ४५ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, भिसा डेबिट÷क्रेडिट÷प्रिभिलेज कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधाहरु प्नि उपलब्ध गराउँदै आएको छ ।