शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

यस्ताे छ आजकाे विदेशी मुद्राको विनिमयदर

मंगलबार, भाद्र २६ २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदरद १३२ रुपैयाँ ५६ पैसा तथा बिक्रीदर १३३ रुपैयाँ १६ पैसा कायम गरिएको छ भने युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ २४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ८९ पैसा कायम गरिएको छ ।

आज अस्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ २२ पैसा तथा बिक्रीदर ८५ रुपैयाँ ६१ पैसामा कारोबार हुदाँ क्यानेडियन डलर ९७ रुपैयाँ ५३ पैसा र सिंगापुरे डलर ९७ रुपैयाँ ३८ रुपैयाँमा कारोबार हुनेछ ।

यसैगरी, साउदीको रियाल १ को खरिददर ३५ रुपैयाँ ३४ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३६ पैसा तथा बिक्रीदर ३६ रुपैयाँ ५२ पैसा र मलेसियन रिंगेट २८ रुपैयाँ ३६ पैसा तथा कुवेती दिनार ४२९ रुपैयाँ ५२ पैसामा कारोबार हुनेछ ।