शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

पुुनः आठ अर्ब ५० करोड रुपैयाँँको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक

आइतबार, भाद्र २४ २०८०

काठमाडौ- भोलि सोमबार नेपाल राष्ट्र बैंकले पुुनः आठ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सो दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकको भनाई छ ।

राष्ट्र बैंकका अनुुसार जारी मिति भने भदौ २६ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन सक्नेछन् । बिक्री गरिने ९१ दिने अवधिको उक्त ट्रेजरीको परिपक्व हुने अवधि २०८० मंसिर २६ गते तोकिएको छ । यो ट्रेजरीहरु पुरानो नविकरण अन्र्तगतको हो । राष्ट्र बैकले यसअघि भदौ १८ गते पनि २० अर्ब चार करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो