शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

स्रोत नखुलेको ९ लाख १७ हजार रूपैयाँ सहित एक व्यक्ति पक्राउ

शनिबार, भाद्र २३ २०८०

विराटनगर । मोरङको विराटनगरबाट प्रहरीले स्रोत नखुलेको रकमसहित एक व्यक्ति पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल मोरङका अनुसार स्रोत खुल्न नखुलेको ९ लाख १७ हजार रूपैयाँ नगदसहित विराटनगर महानगरपालिका-१४ का २६ वर्षीय कृष्ण चौधरी पक्राउ परेका हुन्।

उनलाई सशस्त्र प्रहरीको गस्ती टोलीले विराटनगर–१४, मन्ठा पोखरी नजिकबाट पक्राउ गरेको थियो। प्रदेश १–०२–०४९ प ४३६८ नम्बरको मोटरसाइकल चढेर नेपालतर्फ सिमाना पार गर्न लाग्दा चौधरीलाई खानतलासी गर्दा सिटमुनि नगद फेला परेको जनाएको छ।

थप अनुसन्धानको लागि चौधरी र मोटरसाइकल राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको जनाइएको छ।