शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

धनपुञ्ज बहुउद्धेश्यीय सहकारी संस्थाद्धारा दोस्रो बार्षिक साधारण सभा असोज २० गते

शुक्रबार, भाद्र २२ २०८०

काठमाडौं- धनपुञ्ज बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडले बार्षिक साधारण सभाको आव्हान गरेको छ । संस्थाले यही असोज २० गते शनिवार काठमाडौको नयाँ बानेश्वरमा रहेको म्याकडोनल्ड फुड क्याफे रेष्टुरेन्ट एण्ड बैंकेटमा आफ्नो दोस्रो बार्षिक साधारण सभा गर्न लागेको हो । संस्थाको यही भदौ २० गते बसेको सञ्चालक समितीको बैठकले बार्षिक साधारण सभा सम्वन्धी उक्त निर्णय गरेको हो ।

बार्षिक साधारण सभा मार्फत संस्थाले सञ्चालक समितीकातर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक बर्ष २०७९/०८० को बार्षिक प्रगती विवरण पेस तथा अनुमोदन गर्ने, लेखा तथा सुपरीवेक्षण समितीको तर्फबाट आव २०७९/०८० को बार्षिक प्रतिवेदन प्रस्तुत तथा अनुमोदन गर्ने, आव २०७९/०८० को स्वतन्त्र लेखापरिक्षकको प्रतिवेदन अनुमोदन गर्ने एजेण्डा रहेको छ ।

यसैगरी आव २०८०/०८१ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने, आगामी आर्थिक बर्ष २०८०/०८१ को बार्षिक कार्यक्रम तथा बजेटमाथि छलफल तथा स्वीकृत गर्ने, संस्थाको आन्तरिक तथा कार्यबिधिहरुको परिमार्जन तथा संसोधन गर्ने, साधारण सभाको निर्णय पुस्तिका प्रमाणित गर्ने प्रतिनिधि चयन गर्ने लगायतका प्रस्तावहरु पारित गरिने संस्थाका सचिव बिनोद प्रसाद चौंलागाईले जानकारी दिए ।