शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ

मंगलबार, भाद्र १९ २०८०

काठमाडौं – चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध फेनारगन १ सय ९७ एम्पुल, नुर्फिन १ सय ९८ एम्पुल र डाईजेपाम १ सय ९८ एम्पुलसहित पर्सा पोखरीया नगरपालिका–५ घर भएका २० वर्षीय मुन्नालाल पटवालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुङगा तथा लागूऔषध नियन्त्रण ब्यूरोबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले ना.६ ख ७०३६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।