शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

करेन्ट लागेर तीन जनाको मृत्यु

मंगलबार, भाद्र १९ २०८०

काठमाडौं – सुनसरीको इनरुवा नगरपालिका–७ चाँदबेलास्थित माइतीघरमा बस्दै आएकी भारत बेलाह पन्चायत घर भएकी २५ वर्षीया आशा देबी खङ खत्बेको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ । घरको मन्दिरमा रहेको स्पिकर जडान गरेको माइकमा बोल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

काभ्रेको पाँचखाल नगरपालिका–१० ढुङ्गेटार बस्ने ५८ वर्षीय काइली तामाङको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको छ । आफ्नै बारीमा रूखको स्याउला काट्ने क्रममा नाङ्गो तारबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका–३ बस्ने ३२ वर्षीया मन्जु कुँवरको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ । सोही नगरपालिका–३ होल्डिङ् सेन्टरस्थित जंगली जनावरबाट धानबाली जोगाउन खेतको आलीमा छाडिएको करेन्टबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।