शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

निक्षेप तथा कर्जा सुरक्षण कोषको आयोजनामा रक्तदान

मंगलबार, भाद्र १९ २०८०

काठमाडौँ – निक्षेप तथा कर्जा सुरक्षण कोषको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोषको ५० औं वार्षिकोत्सवको अवसरमा मंगलबार कोषको केन्द्रीय कार्यालय टंगालमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको कोषले जानकारी दिएको छ ।

सो अवसरमा कोषका कर्मचारी तथा विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरु लगायत जम्मा ४४ जना व्यक्तिहरुले रक्तदान गरेका छन । रक्तदान गर्ने व्यक्तिहरुलाई कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले प्रशंसापत्र प्रदान गरेको कोषको भनाई छ ।